Logo

न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १५ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । तर, बारलाई काउन्टर दिन स्वागत नेपालको नेतृत्वमा अधिवक्ताहरुले न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै अर्को प्रदर्शन थालेका छन् ।

उनीहरुले आज माईतीघरदेखि बानेश्वरसम्म जुलुश निकालेका छन् । उनीहरुले बोकेका ब्यानरमा लेखिएको छ–‘न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? हड्तालकारी न्यायाधीशहरुलाई जनताले घिसारेर इजलासमा लानैपर्छ, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला, तर न्यायापालिका होईन, घेराबन्दी बन्द गरौं, न्यायापालिका सुचारु गरौं’ । प्रदर्शनमा उत्रिएका वकिलहरुले सेतापट्टी बाँधेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्