Logo

‘जोकर’को अवतारमा आएका व्यक्तिले रेलभित्र हमला गरेपछि…



एजेन्सी, १५ कात्तिक। जापानमा ‘जोकर’को भेषमा आएका २४ वर्षीय युवकले रेलका यात्रुहरूमाथि आक्रमण गरेका छन् । आइतबार राति भएको आक्रमणमा परी ‘हलोविन पार्टी’मा जाँदै गरेका १७ जना घाइते भएका जनाइएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ‘ब्याटम्यान कमिक’मा आधारित जोकरको भेषमा आएका ती व्यक्तिले तरल पदार्थ छर्केर आगो लगाएका थिए । उक्त हमला स्थानीय समयानुसार रातको ८ बजेतिर कोकुर्यो ट्रेन स्टेसनमा भएको हो।

ती व्यक्तिलाई प्रहरीले घटनास्थलमै पक्राउ गरेको छ। केही स्थानीय पत्रपत्रिकाका अनुसार संदिग्घ व्यक्तिले आफूलाई फाँसी होस् भनेर मानिसहरूको हत्या गर्न लागेको उल्लेख गरेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्