Logo

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै



काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्डले आजको खेल जित्दै अन्तिम चारको यात्रा सुरक्षित गर्न चाहन्छ । यस्तै, ३ खेलमा २ अंक जोडेको श्रीलंका चौंथो स्थानमा रहेको छ । आजको खेलमा श्रीलंका पनि इंग्ल्यान्डलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्