Logo

प्रदेश १ को मुख्यमन्त्रीबाट आचार्यले राजीनामा दिएलगत्तै राजेन्द्र राई बढे



काठमाडौं, १५ कात्तिक । प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएका छन् । नेकपा एमालेका सचिव आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

आचार्यको बर्हिगमनलगत्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्न अगाडि बढेका छन् । उनले नेकपा एससहित नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्ने दाबीपत्र तयार गरिसकेको बुझिएको छ ।

राई अनेरास्ववियूको राजनीतिबाट अगाडि बढेका हुन् । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot