Logo

ओलीलाई माधव नेपालले कहाँ कहाँ सुन्यमा झारिदिए



काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसद, प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिको संख्याका हिसाबले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भन्दा निकै बलिया छन् । एमाले विभाजनबाट बनेको नेकपा एसमा कार्यकर्ता पनि कम छन् । तर, ओलीले धेरै शक्ति गुमाउँदा माधव नेपालले ठूलो बाजी मारेको मारै छन् ।

नेकपा एमालेसँग प्रतिनिधिसभामा ९७ सांसद छन् । नेकपा एससँग मात्र २३ सांसद छन् । यो एमालेको भन्दा चार गुणाले कम हो ।

प्रदेशहरुमा पनि प्रदेश १, बागमती, लुम्बिनी र कर्णालीमा एमालेको एसको भन्दा निकै बढी सांसद संख्या छ । गण्डकी प्रदेश संसदमा नेकपा एस सुन्य छ । प्रदेश २ र सुदूरपश्चिममा मात्र एस एमालेभन्दा बढी सांसद रहेको अवस्थामा छ ।

स्थानीय निकायका जनप्रतिनिधिमा पनि सबै प्रदेशहरुमा एमालेको एसको भन्दा बढी छन् । कार्यकर्ता पनि सुर्य चिन्हको पक्षमा बढी छन् । कलम रोज्नेहरु निकै कम छन् ।
यति हुँदा हुँदै पनि माधवकुमार नेपालले रणनीतिक चार्तुयताका साथ ओलीलाई एकपछि अर्को धक्का दिएका छन् । ओली गुमाएको गुमायै छन् । माधव नेपाल शक्ति सञ्चय गरेको गरै छन् ।

केन्द्रमा एमाले प्रमुख प्रतिपक्षीमा छ । नेकपा एस ४ मन्त्री र १ राज्यमन्त्री लिएर नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा छ ।

नेकपा एसबाट राजेन्द्र पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री छन् । सोही दलका राजेन्द्र राई प्रदेश १ मा मुख्यमन्त्री बन्दैछन् । गण्डकी प्रदेशबाहेक सबै प्रदेशहरुमा एमालेबाट मन्त्री बनेका छन् । गण्डकीमा प्रदेश सभा सदस्य नभएकाले नेकपा एसले मन्त्री बनाउन नपाएको हो ।

माधव नेपालले एमाले विभाजन गरी नयाँ दल निर्माण गरेर रणनीतिक रुपमा ओलीलाई केन्द्र देखि प्रदेशसम्म सरकारबाहिर बनाइदिएका छन् । उनले फेरि राजनीतिक बाजी मारेर व्यवस्थापकीय क्षमता देखाएका छन् । यसलाई माधव नेपालको तत्काललाई राजनीतिक विजय मान्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot