Logo

प्रचण्डले किर्तिपुरलाई किन माइतीघर भने



काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किर्तिपुरलाई माइतीघर भने । उनले आज किर्तिपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै माइतीघर भने ।

‘किर्तिपुर आउँदा पुरानो घरमा आएजस्तो लाग्छ, चेलीबेटीको भाषामा भन्नुपर्दा माइतीघर आएजस्तो लाग्छ,’ प्रचण्डले भने । उनले किर्तिपुरलाई माइतीघर भन्नुको कारण हो पहिलो संविधानसभाको निर्वाचन ।

२०६५ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौंबाट चुनाव लडे । रोल्पा माओवादी जनयुद्धको आधारइलाका हो । काठमाडौंमा उनले किर्तिपुर रहेको निर्वाचन क्षेत्र रोजे । दुवै क्षेत्रबाट चुनाव लडेर जिते ।

प्रचण्डले दोस्रो संविधानसभाको चुनावमा भने काठमाडौंबाट पराजय भोगे । उनी सिराहाबाट मात्र चुनाव जित्न सफल भएका थिए । काठमाडौंमा उनी नेपाली काँग्रेसका राजन केसीबाट पराजित भएका थिए ।

चुनावमा काठमाडौंबाट पराजित भएपछि प्रचण्ड चितवनलाई निर्वाचन क्षेत्र बनाउन पुगे । उनले फेरि काठमाडौंबाट चुनाव नलड्ने संकेत गरिसकेका छन् । उनी अहिले चुनाव जितेकै चितवनबाट चुनाव लड्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्