Logo

बैंक लुट्न क्रममा प्रहरी र लुटेराबीच झडप : २५ को मृत्यु



एजेन्सी, १५ कात्तिक। ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस प्रान्तको भर्गिन्हा शहरमा लुटेराहरुको समुह आइतबार बैंक लुट्न गएको बेलो झडप भएको प्रहरीले जनाएको छ।

ठुलो संख्यामा खटिएको ब्राजिल प्रहरीले पहिलो झडपमा १८ लुटेरा र दोस्रो झडपमा कम्तीमा ७ लुटेरा मारिएको प्रान्तीय प्रहरी प्रवक्ता लायला ब्रुन्नेलाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएकी छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्