Logo

सुशान्त खत्रीले भने, ‘बिनाकसुर नियन्त्रणमा लिएर झापड हानियो’



काठमाडौं, १५ कात्तिक । चर्चित डान्सर सुशान्त खत्रीले नेपाल प्रहरीले बिना दोष नियन्त्रणमा लिएर झापड हानेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफुमाथि प्रहरीले दुव्यवहार गरेको बताएका हुन् ।

खत्री आइतबार राति ठमेलको सिनेट क्लबमा गएका थिए । उनले क्लबबाट बाहिर निस्किदा आफुलाई प्रहरीले जबरजस्ती घिसारेर निकालेर झापड समेत हानेको बताएका छन् । उनले क्लबमा बिल तिर्न बाँकी रहँदा पैसा तिरेर जान्छु भन्दा समेत प्रहरीले आफुलाई घिसारेको लाइभमा भनेका छन् ।

सुशान्तले आज आफु गलत नभएको भन्दै कानुनी बाटो रोज्ने चेतावनी समेत प्रहरीलाई दिएका छन् । सधै सम्मान र गर्व गर्ने प्रहरीप्रति अब भने सम्मान नहरेको समेत स्पष्ट पारेका छन् ।

भारतीय टिभी रियालिटी शो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ मा सहभागी भएपछि चर्चामा आएका थिए । तस्विरः सुुशान्त खत्रीको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्