Logo

जनतालाई न्याय दिने पार्टी कांग्रेसभित्र पनि सबैलाई न्याय हुनुपर्छः प्रकाशमान सिंह



चितवन, १५ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधी गर्दा काँग्रेस कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको बताएका हुन् ।

‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नु परेको छ । लोकतान्त्रिक पार्टी भित्र नै अलोकतान्त्रिक गतिविधी भईरहेको छ ।’ उनले भने, ‘काँग्रेस कमजोर हँुदा कम्युनिष्टहरुले मौका पाए । तर उनीले पाएको मौकामा देश विगार्न तिर लागे । संविधान माथि निरन्तर प्रहार गरे ।’

साथै नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागी काँग्रेस नेतृत्वको सरकार बनेको बताए । बर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नु पर्ने उनको भनाई छ ।

१३औं महाधिवेशन भएको दुई महिना भित्रमा गठन हुनु पर्ने विभागहरु त्यस अनुसार गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको उनको आरोप छ । नेतृत्व सुरु देखि नै विधीविधान विपरीत काम गर्न लागी परेको उनले बताए । पार्टीको विधान अनुसार काम गर्न नसक्दा अझै पनि महाधिवेशन हुनेमा कार्यकर्ताहरुले आंशका व्यक्त गरिरहेको उनले टिप्पणी गरे । यहि अबस्था रहिरहे भविष्यमा काँग्रेस कहाँ छ भनेर खोज्नु पर्ने अबस्था आउने र काँग्रेस प्रजापरिषदको बाटोमा जाने उनले बताए । पार्टीमा क्रियाशिल विवाद समाधान गर्न गठन भएका विभागहरुले समेत उल्लेखनीय काम नगरेको उनको आरोप छ ।

संस्थापक नेताहरुले निमार्ण गरेको काँग्रेसको छबीलाई रक्षा गर्न सकैला की नसैला भन्ने प्रश्न आईसकेको समेत उनले बताए ।पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरीे सुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।

‘संस्थापक नेताहरुले निमार्ण गरेको काँग्रेसको छबीलाई रक्षा गर्न सकैला की नसैला भन्ने प्रश्न आईसक्यो ।’ उनले भने, ‘अब पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरी सुद्धीकरण र सुदृढीकरण गर्नु पर्दछ । वडा देखि नै बलियो बनाउनु पर्दछ । काँग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक विधि र पद्धति नै कमजोर हुन्छ ।’

संस्थापक नेताहरुको परिकल्पना र लक्ष्य पुरा गर्नका लागी अबको पुस्ता लाग्नुपर्ने उनको भनाई छ । स्वस्थ प्रतिस्पर्धा गर्नका लागी महाधिवेशन निष्पक्ष र धाँधली रहित हुनुपर्ने समेत उनले माग गरे । विधि र नियम अनुसार क्रियाशिल सदस्याता वितरण गरी सवैकुरालाई पार्टीको विधान अनुसार मिलाउँनु पर्ने उनको भनाई छ । काँग्रेसको केन्द्रिय बैठकले पारित गरेका कुराहरु लागु गर्न पनि केहि निश्चित व्यक्तिको आदेश चाहिने परिपाटी तत्काल बन्द हुनुपर्ने उनको माग छ । पार्टीलाई सहि ढङ्गले सञ्चालनका लागी नेतृत्वमा अनुशासन र जिम्मेवारी हुन जरुरी भएको उनले बताए ।

ओलीले संसद विघटन गर्दा अरु नेता चुप बसेको तर आफुले त्यसको विरुद्धमा शशक्त आवाज उठाएको उनले स्मरण गराए । तर पार्टीका केही नेता र पदाधिकारीहरु त्यति बेला चुनावमा जानुपर्दछ भन्दै हिडेको उनले बताए । त्यति बेला नै आफुले पार्टी सभापतिलाई भेटेर त्यत्रो मुस्किलले लिएको संविधान बचाउन आग्रह गरेको उनँले दाबी गरे । त्यसको जबाफमा पार्टी सभापतिले २५ प्रतिशत मात्र जनमत छ, आफुले केही गर्न नसक्दैन भन्दा आफुले अगाडी बढ्नुस हामी साथ दिन्छौ भनेको उनले बताए ।

साथै नेता सिंहले पदमा बसेकाले बोलेको सबै कुरा ठिक हुन्छ, भन्नु गलत भएको भन्दै सधै सत्यको बाटोमा मात्र हिड्न कार्यकर्तालाई आग्रह गरे । प्रकाशमानले नेपालको सबै ठाउँ नेदेखेको र सम्पूर्ण जनताको दुख नबुझ्ने भन्दै हल्ला फैलाएको तर आफु सवैै जिल्ला पुगेको र सम्पूर्ण जनताको दुख महसुस गरेको उनले दाबी गरे । आफुलाई असफल बनाउन काँग्रेस भित्रबाट नै चलखेल भएको उनको आरोप छ । विगतको महाधिवेशनमा आफुलाई सबै हाछै भनेको तर मतपरिणाममा आफ्नो क्षमता देखेको बताए ।

‘विगतमा पनि मलाई प्रकाशमानले हार्छ । योसँग केहि छैन भनेका थिए ।’ उनले ब्यङ्ग्य गर्दै भने,‘ भोट त कहाँ छर प्रकाशमानको महामन्त्री पनि त टिका लगाएर पाएको हो नि । तर मत गन्दा क्षमता देखि हालिन्छ’

केही व्यक्तिले जातियतामा विश्वास गर्ने नेता भएको भनि आफ्नो दुष्प्रचार गरेको बताउँदै उहाँले जातधर्मलाई अलग राखेर आफु राजनितिमा आएको उनले बताए । नेता सिंहले । नेवारलाई मात्र हेर्छ भन्ने आरोपको खण्डन गरे ।
साथै उनले बर्तमान नेतृत्वलाई जसरी पनि हटाउन पर्ने बताए । पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउनको लागी नेतृत्व परिवर्तनको आवश्यता रहेको उनले जिकिर गरे ।

उनले भने,‘गणेशमान र विपि कोईरालाले बनाएको पार्टी अहिले यो अवस्थामा पुग्दा पनि आवाज किन नउठाएको भनेर आफुलाई कार्यकर्ताले प्रश्न गर्न थालेको उनको गुनासो थियो । १३औ अधिवेशनपछि के बर्तमान सभापतिले पार्टी चलाउन सक्नु भयो त ? अब यसको जवाफ खोज्ने समय आएको छ ।’

पार्टीलाई व्यवस्थापन गर्न राम्रो अनुभव चाहिने भन्दै उमेर पुग्यो आस जाग्यो भनेर सभापतिको आकांक्षा राखेर केहि नेता दोडधुपमा लागेको उनले बताए । नेतृत्व गर्नका लागी उमेर पुगेर भन्दा पनि पार्टीलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने क्षमता चाहिने उनको भनाई छ ।

त्यस्तै, नेता सिंहले २०५८ सालमा शाही आयोग गठनको विरोधमा पहिले आफु मात्र बोलेको समेत बताए । ‘पार्टीको विधि र नियम अनुसार नै चल्नु पर्दछ अन्याथा पार्टी जताको नजरमा गुम्छ । अनुभव छ मसँग । शेरबहादुर देउवासँग संसदीय दलको नेता पनि प्रतिस्पर्धा गरिसकेको छु ।’ उनले भने । जनतालाई न्याया दिने पार्टी भित्र पनि सबैलाई न्याया हुनुपर्ने उनको भनाई थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्