Logo

५ दलीय गठबन्धनलाई एमाले एक्लैले चुनावमा हराउने ओलीको दाबी



भरतपुर, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले आगामी चुनावमा कसैसँग गठबन्धन नगरी जित्ने दाबी गरेका छन् । भरतपुर महानगरपालिकामा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमाले अन्य दलहरुसँगको प्रतिष्पर्धामा एक्लै काफी रहेको बताए ।

‘चुनावसम्म पाँचवटा मिलेर जान्छौं भनेका छन्,’ ओलीले सत्ता गठबन्धनका दलहरुप्रति संकेत गर्दै भने,‘पाँचवटा मिलेर आउन् हामी एक्लै काफी छौं ।’ उनले कसैको सहारा लिएर आफ्नो दल चुनावमा नजाने स्पष्ट पारे ।

चुनावमा एक्लै लडेर बहुमत हासिल गर्ने ओलीको दाबी थियो । उनले भने,‘एमाले कुनै वैशाखी नटेकी कुनै ढोडको लठ्ठी नटेकी चुनाव लडेर जित्छ ।’

स्थानीय चुनावमा प्रतिष्पर्धीलाई पछार्ने ठोकुवा गरे । उनले भने,‘स्थानीय चुनावमा धोबीले लुगा पछारे जसरी पछार्नुपर्छ ।’

चुनावमा क्लिन स्वीप गर्ने गरी सक्रिय हुन कायृकर्तालाई आग्रह गरे । उनले भने,‘ सबै करापकुरुप पार्नुपर्छ । एक तिहाई छाड्न लायक कोही छैन ।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो डाहा गरेर पार्टी खोलेको टिप्पणी गरे । ‘कसैको सफलताले डाहा गरेर खोलेको पार्टी होइन,’ ओलीले नेपालप्रति व्यङ्ग्य गर्दै भने ।

माधव नेपाल एमालेलाई हराउन लागेको आरोप लगाए । उनले भने,‘एमालेलाई हराउन जन्मिएका हुन् ।’

आफूहरु समाजवाद ल्याउन लागेको बताए । उनले भने,‘हामी समाजवादी ल्याउन चाहन्छौं । समाजवाद भनेको समृद्ध नेपाल सुखी नेपाली नै हो ।’

उनले चितवनलाई राम जन्मभूमि भने । ओलीले भने,‘रामको जन्मभूमि यही रहेछ, बाल्मिकीको आश्रम यही रहेछ । यस्ता ठाउँमा कस्ता कस्ता मान्छे ।’

काँग्रेसले छोरी बोकेको भन्दै प्रचण्डमाथि व्यङ्ग्य गर्दै भने,‘काँग्रेसले छोरी बोक्छ भने हामी पनि बाऊ बोक्छौं भनेर लाग्यौं ।’

प्रचण्डले छोरी रेनु दाहाललाई धाँधली गरेर चुनाव जिताएको आरोप लगाए । उनले भने,‘वत्ती निभाएर मतपत्र च्यातेर जे गरेर हुन्छ चुनाव जित्छु भनेका छन् ।’ आफूहरु धाँधली गरेर नभई जनताको पवित्र मत लिएर जित्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्