Logo

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको विकल्प छैन्, राजीनामा नदिए हामी सर्वोच्चमा पस्न दिँदैनौं : डा. त्रिपाठी (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । वरिष्ठ अधिवक्ता डा. दीनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसमम आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘जबसम्म उहाँले पद त्याग गर्नुहुन्न, तबसम्म यो आन्दोलन अब रोकिनेवाला छैन् । यो आन्दोलन एउटा उत्कर्षमा पुगिसकेको छ । सारा देशभरिका कानून व्यवसायीहरु उहाँको बहिर्गमनको पक्षमा छन् ।’

उनले प्रधानन्यायाधीश जबराको उपस्थितिले यो पदलाई नै असम्माननीय बनाएको टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश जबराले संस्थाको गरिमा नबढाएको आरोप लगाए ।

उनले न्यायाधीशहरुले नै प्रधानन्यायाधीश जबरासँग सहकार्य नगर्ने भनिसकेको पनि सुनाए । उनले भने,‘उहाँले कमसेकम इजलास त बसाएर देखाउनुपर्यो नि । हामीले पनि बन्दी प्रत्यक्षीकरणको इजलास बस्छ । उहाँले आफ्नो इजलास पनि तोक्नुभएन ।’ उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको विकल्प नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्