Logo

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता



काठमाडौँ, १६ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको हो।

जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी विश्व नेताहरुको शिखर बैठकको क्रममा ग्लास्गोमा सोमबार देउवा र मोदीबीच भेटवार्ता भएको हो । भेटवार्तामा आफूहरुबीच हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमा उल्लेख गरेका छन् ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री देउवाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको मुद्दाबारे प्रभावकारी ढंगले उठाएको बताएका छन् । आगामी दिनमा दिगो विकासका लागि आफूहरुबीचको सहकार्य महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।-Photo: Sher br.deuba/twitter

 



प्रतिक्रिया दिनुहोस्