Logo

कोप-२६ सम्मेलनमा बाइडेन सुत्दा ट्रम्पले उडाए मजाक(भिडियोसहित)



एजेन्सी, १६ कात्तिक। अमेरिकाका राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ मा आफ्नो भाषण दिनु भन्दा अगाडि सुतेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सोमबार स्कटल्याण्डको ग्लास्गोमा अपांगता विशेषज्ञ एडी न्डोपुले जलवायु जगेर्नाका लागि काम गर्नुपर्ने भनी सन्देश दिइरहेको बेलामा बाइडनले झप्को मारेको भिडियो भाइरल भएको हो । निदाई रहेको बेला उनका एक सहयोगी कुरा गर्न आएपछि उनी सचेत बनेका थिए ।

उक्त सन्दर्भलाई लिएर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको मजाक उडाएका छन् । ट्रम्पले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘विश्व तापक्रममा वृद्धि आफ्नो सर्वोच्च प्राथमिकता भएको भन्दै युरोप गएका बाइडन संसारले देख्ने गरी सम्मेलनस्थलमै सुते । सच्चा उत्साह र कुनै विषयमा विश्वास भएको मानिस यसरी खुलेआम सुत्दैन।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्