Logo

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । सेख जायद स्टेडिममा हुने पहिलो खेल ३ः४५ बजे सुरु हुनेछ । लगातार ३ हार ब्यहोरेको बंगलादेश पहिलो जितको खोजिमा छ ।

यस्तै, ३ खेलमा २ जितसहित समुहको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका पनि तेस्रो जितको खोजिमा छ । साथै, आज हुने दोस्रो खेलमा पाकिस्तान र नामिविया भिड्दै छन् । समूह २ मा रहेको पाकिस्तान र नामिवियाबीचको खेल अबुधावीस्थित सेख जायद स्टेडियममा हुँदैछ । खेल राति ७ः४५ बाट सुरु हुनेछ ।

पाकिस्तान आज पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । आज पनि जित निकालेमा सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । यस्तै, दुई खेल खेलेको नामिवियाले एक जित र एक हार सहित दुई अंक जोडेको छ । आजको खेलमा जित निकाल्दै नामिविया पनि आफ्नो अगाडीको यात्रा कायम राख्न चाहन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्