Logo

ओलीलाई प्रचण्डपुत्री रेनुको चूनौति-धेरै नै फुर्ती लाउनेले अब सरकार बनाएर देखाए भो त



काठमाडौं, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएको स्मरण गराएकी छिन् ।

हिजोमात्रै भरतपुर पुगेर अध्यक्ष ओलीले प्रचण्डलाई आफूले नै भोट मागेर जिताएको र गल्ती गरेको भन्दै अब त्यस्तो गल्ती नगर्ने अभिव्यक्ति दिएका थिए । ओलीलार्य सामाजिक सञ्जाल फेशबुकमार्फत जवाफ फर्काउँदै रेनुले लेखेकी छिन्-

ओलिलाई भोट माग्न आोलि को क्षेत्रमा ओलि सहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो।घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।यस्तो परिस्थिती बाट माओबादी सॅगको सहकार्यले मात्र ओलि प्रधानमंत्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ?? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।



प्रतिक्रिया दिनुहोस्