Logo

सन् २०३० सम्ममा वन विनाश अन्त्य गर्न विश्वका नेताहरू सहमत



काठमाडौं, १६ कात्तिक । जलवायू परिवर्तन न्युनीकरण गर्न सन् २०३० भित्र बन फडानी रोक्न विश्वका नेताहरु सहमत भएका छन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका हुन् ।

उक्त सहमतिमा एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् । उक्त सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको जनाइएको छ । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगट्छन् । वनजंगल विनास हुनुलाई जलवायु परिवर्तनको एक कारण मानिन्छ । बीबीसीले सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने उल्लेख गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्