Logo

केपी ओली लास्टै गफाडी हुन : माधव नेपाल



काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले देखिएको समस्याको समाधानकोलागि पहल गर्ने बताएका छन् । अहिले नेपाल बार एशोसिएसशन आन्दोलित छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । आज आन्दोलनको तेस्रो दिन हो ।

आज (मंगलबार) गृहजिल्ला रौतहटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडै समाधान हुने बताएका हुन् । त्यस्तै, उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर वानको संज्ञा दिएका छन् । उनले भने,‘उनी लास्टै गफाडी हुन् ।’ उनले ओलीले बोलेका कुराहरु अहिलेसम्म केही पूरा नभएको पनि बताए । पछिल्लो समय अध्यक्ष नेपाल पार्टी निर्माणको लागि देश दौडाहमा छन् । file photo



प्रतिक्रिया दिनुहोस्