पुर्व राज्यमन्त्री सञ्जय साहलाई ११ वर्षे कैदको फैसला


काठमाडौं, १६ कात्तिक । जनकपुर बम काण्डका प्रमुख नाइके पुर्वराज्य मन्त्री सञ्जय साह ‘टकला’ लाई ११ वर्षको कैद सजाय सुनाईएको छ । साहलाई सोमबार उच्च अदातल जनकपुरले ११ वर्षको सजाय फैसला सुनाएको हो ।

उक्त बम काण्डमा ५ जनाको मृत्यु र ४० जना भन्दा बढी घाइते भएका थिए । सो काण्डमा साहलाई ‘ज्यान मार्ने षड्यन्त्र कसुर’मा अदालतले हिजो उक्त फैसला गरेको हो ।

कथबनियाले दिएको मुद्दामा न्यायाधीशहरु रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलाशले सोमबार सञ्जय साहलाई उक्त सजाय सुनाएको हो ।

यसअघि उनलाई धनुषा जिल्ला अदालतले २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।