Logo

उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो पार्न राष्ट्रसंघलाई चीन र रुसको दवाव



एजेन्सी, १६ कात्तिक । उत्तर कोेरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई चीन र रुसले दवाव दिएका छन् । सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको कपडाको निर्यात तथा पेट्रोलियम पदार्थको आयातमा रोक लगाएको हो। उक्त प्रस्तावमा चीन र रुसले १५ सदस्यीय वार्ता टोलीले एशियाली मुलुकहरूमा नागरिकको जीविकोपार्जनका लागि प्रतबिन्धहरू हटाउने बारे छलफल गर्ने जनाइएको छ ।

मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । जसमा उत्तर कोरियाली नागरिकले विदेशमा काम गर्न पाउने र अन्तरकोरियाली रेल सडक सहयोग परियोजालाई प्रतिवबन्धमा नराखिने लगायताका विषय समावेश रहेको बताइएको छ । सन् २००६ देखि आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । सन् २०१९ मा रुस र चीनले उक्त प्रस्तावमाथि दुई पटक छलफल भएपनि ठोष निष्कर्ष भएको थिएन । उक्त प्रस्ताव परित हुन नौ मतको आवश्यक पर्छ । जसमध्ये अमेरिका, फ्रान्स, बेलयत, रुस वा चीनमध्ये कुनै एक मुलुकबाट भिटोको आवश्यक पर्ने बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्