Logo

नेप्सेमा आज २३ अंकको बृद्धि, ६ अर्बको कारोबार



काठमाडौं, १६ कात्तिक । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । नेप्से आज (मंगलबार) २३ दशमलव ७६ अंकले बढेर २८ सय ४३ दशमलव ६२ उच्च विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८४ अंकले बढेर ५३१ दशमलव ४२ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २३० कम्पनीको ५९ हजार ८८१ पटक कारोबार भएर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँको ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता शेयर खरिद बिक्रि भएको हो । आज ३ समुह बाहेक अन्य समुहका उपसुचक बृद्धि भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्