Logo

चीनले पहिलो रकेट प्रक्ष्येपण जहाज सार्वजनिक



एजेन्सी, १६ कात्तिक। चीनले देशकै पहिलो रकेट प्रक्ष्येपण जहाज सार्वजनिक गरेको छ । चीनले समुद्रबाट रकेट प्रक्ष्येपणलाई समर्थन गर्ने देशकै पहिलो जहाज सार्वजनिक गरेको हो। सरकारले उक्त जहाज सन् २०२२ को सुरुवातमै सार्वजनिक गर्ने योजना बनाएको चिनियाँ सञ्चारमाध्यममा खबर छ।

ग्लोबल टाइम्सका अनुसार नयाँ खाले उक्त जहाज पूर्वी चीनको सान्डाङ प्रान्तस्थित हाइयाङ सहरमा निर्माण भैसकेको छ । उक्त जहाजको लम्बाई १६२.५ मिटर र चौडाई ४० मिटर रहेको छ। समुद्र क्षेत्रमा देशको प्रविधि क्षमता बढाउन र संसारमा आफ्नो क्षमता स्थापना गर्नमा सो रकेटले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। सो रकेट निर्माणको लागत ३.५ बिलियन डलर रहेको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्