Logo

नेप्से उच्च अंकले बढ्दा यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज ६ अर्ब बढीको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि बृद्धि भएको छ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको आज ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, कामना सेवा विकास बैंकको आज २२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार मंगलबार नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३४ लाख, नविल बैंकको २१ करोड १७ लाख, लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख रुपैया बढीको शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्