Logo

तिहारमा घर जानेलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो



काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो ।

घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो । खोप बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुहरुलाई आज र भोली लगाउने कार्यक्रम रहेको छ । बसपार्कमा खोप लगाउदाँ देखिएका दृश्य हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot