Logo

नेपाली समर्थकलाई खुसी दिलाउछुः अल्मुताइरी



काठमाडौं, १६ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई साफ च्याम्पियनसिपमा जित दिलाएर नेपाली समर्थकलाई खुसी दिलाउने बताएका छन् । आज (मंगलबार) दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गरेको भन्दै फाइनलमा भारतसँग हार ब्यहोर्नुपरेको स्मरण गरेका थिए । साथै, उनले अब एसियन कप छनोटको तेस्रो चरणमा उत्कृष्ट प्रदर्शन गरेर नेपाली फुटबल समर्थकलाई खुसी बनाउने विश्वास दिलाएका थिए । ‘मैले अन्य केहि पनि कुरामा ध्यान दिएको छैन्, जसरी हुन्छ खेलाडीलाई प्रदर्शनलाई उत्कृष्ट बनाउने र नेपाली समर्थकहरुलाई खुसी बनाउने’, उनले भने ।

अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आज औपचारिक रुपमा सम्झौता भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन बर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आईपुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्