Logo

नेपाल बारको आन्दोलन आजपनि जारी (फोटोफिचर)



काठमाडौं, १६ कार्तिक । नेपाल बार एशोसिएशनले आजपनि आन्दोलन जारी राखेको छ । पूर्वघोषित कार्यक्रमअन्तर्गत नै बारले आफ्नो आन्दोलन गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै बारले आन्दोलन गरेको हो ।

तर, प्रधानन्यायाधीश जबराले भने कुनैपनि हालतमा राजीनामा नदिने बताउँदै आएका छन् । उनले आफू संवैधानिक प्रक्रियाबाट आएकोले सोही प्रक्रियाबाट मात्रै आफूलाई हटाउनसमेत चुनौति दिएका छन् । बारले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्