Logo

देउवा-मोदी भेटवार्ता



काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोमा संयुक्तराष्ट्रसंघका आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका दौरान दुई नेताबीच औपचारिक भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल पनि भेटमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरत पौडेल सहभागी थिए ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमणमा पुगेका हुन् । उनले प्रधानमन्त्री भएपछि भेटेका प्रभावशाली नेतामध्ये मोदी पहिलो हुन् ।

Photo Source: MOEA Nepal and MOEA India



प्रतिक्रिया दिनुहोस्

Screenshot