Logo

दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सुमधुर बनाउने एभरेष्ट बैंकको भिडियो सन्देश



काठमाडौं, १६ कात्तिक । एभरेष्ट बैंकले तिहारको उपलक्ष्यमा दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सुमधुर बनाउने भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।

बैंकको फसबुक पेज र युटुब च्यानलमा उपलब्ध रहेको भिडियोमा भौतिक रूपमा टाढा रहेका दाजुभाइ र दिदीहिनीको सम्बन्धलाई सुमधुर बनाई चाडबाड मनाउने सन्देशलाई देखाइएको छ ।

नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरू घरबाट टाढा रहन्छन् । यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडबाड मनाउन सकिने सन्देश भिडियोले दिन खोजेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्