Logo

कोभिडका कारण नेपाल फर्किएका विद्यार्थीलाई पूनः चीनमै गएर अध्ययन गर्ने वातावरण मिलाउन माग



काठमाडौं, १६ कार्तिक । सत्तापक्षीय विद्यार्थी संगठनले कोभिड–१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन सरकारसमक्ष माग गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उनीहरुले सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले आग्रह गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्