Logo

देउवाका विश्वका नेताहरुसँगको यी भेट (तस्बिरसहित)



काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघले बेलायतमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा महत्वपूर्ण भेटघाट गरेका छन् । उनले विश्वका शक्तिशाली नेताहरुसँग औपचारिक एवं अनौपचारिक भेटवार्ताहरु गरेका छन् ।

देउवाले अमेरिकी राष्ट्रपति जोय वाइडेनसँग अनौपचारिक भेट गरेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक र औपचारिक दुवै भेटवार्ता गरे ।

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे, मँगोलियाका राष्ट्रपति उखना खुरेलसुकसँग पनि भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवाले जँगल र जमिनको सदपुयोगसम्बन्धी प्यानलिष्टका रुपमा बोलेका थिए ।

-Photo Source: MOEA



प्रतिक्रिया दिनुहोस्