Logo

मध्यरातबाट नेपालले भारतलाई पहिलोपटक विद्युत विक्री गर्दै



काठमाडौं, १६ कात्तिक । नेपालले भारतलाई विद्युत विक्री गर्न सक्ने भएको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएपछि विक्री गर्न सक्ने भएको हो । विदेशमा विद्युत निर्यात गरेर नेपालले पहिलोपटक विदेशी मुद्रा आर्जन गर्ने भएकोले ऐतिहासिक दिन पनि हुने भएको छ ।

यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । भारतले नेपालबाट विद्युत लिएवापत्को विद्युत दिने गर्दथ्यो । अब भारतलाई विद्युत विक्री गर्न नेपालले प्रतिष्पर्धा गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतको ऊर्जा बजारमा विद्युत विक्रीका लागि अनुमति प्राप्त भएको जानकारी दिएको छ । भारतलाई नेपालले विद्युत विक्री आज मध्यरातिबाट नै सुरु गर्दैछ ।

पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभी अन्दरदेशीय प्रसारणलाइनमार्फत् ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा विक्री गर्नेछ । यसअघि यो लाइनबाट विद्युत आयात मात्र भइरहेको थियो ।

नेपालमा विद्युत खेर गइरहेको र भारतमा ऊर्जा संकट परिरहँदा निर्यात अनुमती पाएको हो । नेपालले विद्युत निर्यातबाट ठूलो आर्थिक फड्को मार्ने सम्भावना बढेको छ । नेपालको विद्युत उत्पादनको भारत सहज बजार पनि हो ।



प्रतिक्रिया दिनुहोस्