Logo

एकै दिन दुई मुख्यमन्त्री परिवर्तन



काठमाडौं, कार्तिक १७। प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले बुधबार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद बिस्तार गरेका छन् ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले भने बिहीबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएको छन् । सुनसरीस्थित राजधानी सहकर्मीका अनुसार एमाले नेता आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार नै नवगठित एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बनाउनेगरी गठबन्धन दलहरूबीच सहमति जुटेको थियो । मंगलबार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्