Logo

काम पाएनन् उपसचिव र अधिकृतले, चौर र बरण्डामा बसेरै दिन वित्छ



काठमाडौं, कार्तिक १७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी व्यवस्थापन नगर्दा करिब ४५ जना कर्मचारी कामविहीन बनेका छन् ।

सरकारले असोज १ गतेदेखि लागु हुने गरी आयोजना कार्यान्वयन एकाइ (डीएलपीआईयू) खारेज गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लैजाने निर्णय गरेसँगै विद्यालय पुनर्निर्माण भइरहेका जिल्लाका प्रमुख उपसचिव र अधिकृतस्तरका कर्मचारी कामविहीन भएका हुन् । २०७२ सालको भूकम्पपछि ध्वस्त र क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्न सरकारले ३१ जिल्लामा आयोजना कार्यान्वयन एकाइ गठन गरेको थियो ।

मन्त्रालयले तत्काल पोस्टिङ गर्ने जानकारीअनुसार ती कर्मचारी असोज १ गतेबाट मन्त्रालयमा हाजिर भएका हुन् । करिब दुई महिना भइसक्दा पनि काम नदिइएका कारण उनीहरू कहिले मन्त्रालयको चौर त कहिले बरण्डामा बसेर दिन कटाइरहेका छन् । ती कर्मचारीले नेपाल भने– ‘अब अति भयो, तत्काल पदस्थापन गरी कर्मचारी व्यवस्थापन गरियोस् ।’

मन्त्रालयमा काम नपाएका उपसचिवको संख्या १३ र अधिकृतको संख्या १५ रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्