Logo

देशबाहिर विद्युत विक्री सुरु



काठमाडौं, १७ कात्तिक । नेपालले आजबाट देशबाहिर विद्युत विक्री थालेको छ । भारतलाई विद्युत विक्री गरेर निर्यात थालेको हो ।

मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री थालेको हो । यसबाट दैनिक करोडौं आर्जन हुन थालेको छ ।

नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएको हो । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । भारतले नेपालबाट विद्युत लिएवापत्को विद्युत दिने गर्दथ्यो ।

पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभी अन्दरदेशीय प्रसारणलाइनमार्फत् ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा विक्री सुरु गरेको छ । यसअघि यो लाइनबाट विद्युत आयात मात्र भइरहेको थियो ।

नेपालमा विद्युत खेर गइरहेको र भारतमा ऊर्जा संकट परिरहँदा निर्यात अनुमती पाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot