काठमाडौं, कात्तिक १७ । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले न्यायालय बदनाम भइरहेकाले प्रधानन्यायाधीशको सम्बन्धमा मुख्य दलहरुले सोच्नैपर्ने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, ूधेरै दिनदेखि सर्वोच्च अदालतमा काम हुन सकेको छैन । कानुनमन्त्रीले गाँठो फुस्काउने काम गरेका छैनन्, प्रधानमन्त्री विदेशमा छन् ।
एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी सबै दलका मुद्दा छन्, मिलेमतो गरिरहेका छन्, उनीहरुबाट आशा छैन । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टीको प्रधानन्यायाधीशलाई महाभियोग लगाउने औकात छैन । तैपनि कुनै पार्टीले ल्याउँछ भने हामी विचार गर्छौं ।ू
एक जना व्यक्तिले छाड्दा ठीक हुन्छ भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले थपे, ून्यायालयको यति धेरै बेइज्जती र बदनामी कहिल्यै भएको थिएन । व्यक्ति कहीँ पनि ठूलो हुन्न, संस्थाको महत्त्व ठूलो हुन्छ । एक जनाको कारण इजलास बन्द हुन्छ, न्यायाधीशबीच विभाजन हुन्छ भने किन राजीनामा नदिने रुू
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सडकको दबाबबाट राजीनामा देऊ नभनिएको उनको दाबी छ । कर्णले भने, ूयसलाई सडकको दबाब भन्नुको औचित्य छैन । यो त इजलासको हो । न्यायाधीशबिना इजलास चल्छ रु बिना अधिवक्ता, वरिष्ठ अधिवक्ता इजलास चल्छ रु न्यायाधीश र वकिल सडकका हुन् रु यो सर्वोच्च अदालतको माग हो । आज सर्वोच्च अदालतमा मात्र बहिष्कार छ, भोलि देशभरि नै अदालत बहिष्कार भने कस्तो अवस्था आउला रुू




प्रतिक्रिया