Logo

बिचरा माधव नेपाल ! आफू उभिनको लागि कांग्रेस र माओवादीको बुईं चढेका छन् : आनन्द पोखरेल (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले आफ्नो पार्टी हिजो सरकारमा भएपनि आज प्रतिपक्षमा रहेको टिप्पणी गरेका छन् । उनले अहिले पनि एमाले सबै प्रदेशमा सबैभन्दा ठूलो दल रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताको कारण आफ्नो पार्टी कमजोर नभएको स्पष्ट पारे । माधव नेपालले एमालेलाई अब जनताले साथ नदिने भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता पोखरेलले भने–बिचरा माधव नेपाल ! आफू उभिनको लागि कांग्रेस र माओवादीको बुईं चढेर, अनि उनीहरुसँग गठबन्धन गरेर म उभिन्छु भन्ने खालको कुरा गर्नुहुन्छ, अर्काको बैशाखी टेक्ने मान्छे सार्वभौम हुन्छ र ?’

माधव नेपालको पार्टीले कुनैपनि निर्वाचनमा धरौटी फिर्ता नलिने पनि जिकिर गरे । उनले चुनावसम्म पर्खिनको लागि पनि माधव नेपाललाई आग्रह गरेका छन् । उनले नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति ठूलो आशा र भरोसा गरेर बसेको पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्