Logo

बारले बोल्दैन, बोलिसकेपछि छोड्दैन : प्रधान (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनैपर्ने बताएका छन् । उनले प्रधान्यायाधीश जबराले विगतमा गर्न नहुने काम पटक पटक गरेको टिप्पणी गरे ।

प्रधान्यायाधीश जबराको कारण नै आफूहरु उनको राजीनामा माग्न बाध्य भएको प्रधानको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल बारले सेटिङ गरेको भन्नु गलत भएको उनको दाबी छ । उनले भने,‘मैले अहिलेसम्म कुनैपनि न्यायाधीशसँग गएर मुद्दा जिताईदिनुपर्यो भनेर भनेको छैन् । नभएको कुरा तपाईँले भन्नुभएन । हामी त गलत व्यक्तिहरुको विरुद्धमा लड्ने मान्छे हौं । नेपाल बारले बोल्दैन् । बोलेपछि छोड्दैन । उहाँको हकमा अब कुनै फेश सेभिङ हुँदैन् ।’

उनले आफूहरुले अब जनतालाई आह्वान गरेर आन्दोलन गर्ने पनि जानकारी दिए । उनले भने,‘प्रधानन्यायाधीशलाई त जनताले चिनिसके, अब को को लाई चिनाउनुपर्ने हो, हामी चिनाउँछौं ।’



प्रतिक्रिया दिनुहोस्