Logo

पाकिस्तान सेमिफाइनलमा प्रवेश, बंगलादेशको लज्जास्पद हार



काठमाडौं, १७ कात्तिक । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुगेको हो ।

पाकिस्तानले समूह चरणको खेलमा लगातार चार जित निकाल्दै समूह २ बाट सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रनको चुनौति दिएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रन जोडेका थिए भने कप्तान बाबर आजमले ७० रन बनाएका थिए । ४ खेलमा ४ जित निकालेको पाकिस्तान ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

नामिबियाले प्रतियोगितामा एक जित सहित २ अंक जोडेको छ । यस्तै, हिजो भएको अर्को पहिलो खेलमा साउथ अफ्रिकाले शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो ।

बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले ३९ बल बाँकि रहदै ४ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा अल आउट हुँदै जम्मा ८४ रन जोडेको थियो ।
दक्षिण अफ्रीका ४ खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot