Logo

कुकुर पूजा गर्दै नेपाली सेना (फोटोफिचर)



भक्तपुर, १७ कात्तिक । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गर्दै नेपाली सेना ।

विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको थियो । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।

भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

तस्बिर- रत्न श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्