Logo

च्याम्पियन्स लिगः चेल्सीको जित



काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले माल्लोमाथि जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको खेलमा चेल्सीले माल्मोलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

माल्मोकोे घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा हाकिम जियाचले एक गोल गरेका थिए । खेलको ५६औं मिनेटमा चेल्सीका हाकिमले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुन गोल जितका लागि निर्णायक भयो ।

समूह ‘एच’ मा रहेको चेल्सीले चार खेलमा ९ अंक जोडेको छ । यस जितसँगै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ को नजिक पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्