Logo

बायर्न म्युनिखको शानदार जित



काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले स्पेनिस क्लब बेन्फिकामाथि शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा खेलमा बायर्नले बेन्फिकालाई ५–२ गोल अन्तरले हराएको हो ।
यस जितसँगै बार्यन नकआउट चरण प्रवेश गरेको छ ।

खेलको २६औं मिनेटमा गोल गर्दै बायर्नका रोबर्ट लेवान्डोस्कीले सुरुवाति अग्रता दिलाएका थिए । यस्तै, ३२ औं मिनेटमा सेग्री ग्नेब्रीले बायर्नको अग्रता दोब्बर बनाए ।

खेलको ३८औं मिनेटमा बेन्फिकाका मोराटो गोल गर्दै टोलीलाई खेलमा फर्काउने आशा दिलाएका थिए । तर, ४९औं मिनेटमा लिरोय सानेले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए ।

साथै, ६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ४–१ को स्थितिमा पुगेको थियो । ७४औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गर्दै खेललाई ४–२ को अवस्थामा पुर्याएका थिए ।

तर, त्यसको १० मिनेटपछि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई शानदार जित दिलाए । बायर्नले समुहका चारै खेलमा जित निकालेको छ भने बेन्फिका ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्