Logo

पटाका बरामद



मोरङ, १७ कात्तिक । भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको पटाका बरामद गरेको छ । सुनवर्षी नगरपालिका–६ खरेबारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बण्डल नागिन पटाका, ७ बण्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्य बराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको जनाएको छ ।

त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाँउमा अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याएको करिब ६० हजार रुपैयाँ बराबरको चार कार्टुन पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त पटाका जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१५ झमेली चोकमा अवैध रुपमा भारतबाट नेपालतर्फ लुकाई ल्याउँदै गरेको करिब १९ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।

यसैगरी, सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित बोर्डर नजिकबाट करिब १० हजार रुपैयाँ मूल्य बराबरको २ बोरा विभिन्न पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी संग्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot