Logo

चालक तथा सह–चालकहरुलाई प्रशिक्षण



काठमाडौं, १७ कात्तिक । ट्राफिक महाशाखामा सार्वजनिक सवारी साधनका चालक तथा सह–चालकहरुलाई प्रशिक्षण दिएको छ ।

महाशाखाले यात्रुवर्ग, सर्व–साधारण तथा संचार माध्यमबाट आएको गुनासोहरुका सम्बन्धमा आफ्नो काम कर्तव्य, यात्रुसंग गर्ने आचरण व्यवहार, आरक्षण सिट, भाडा सम्बन्धी गुनासो लगायत ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरेको हो।

प्रहरी निरीक्षक दामोदर भट्टले ९५ जना चालक तथा सह–चालकहरुलाई प्रशिक्षण दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्