Logo

सबै प्रकारको मुद्दाको सुनुवाई गर्न न्यायाधीशहरुलाई डिएलए–नेपालको आग्रह (विज्ञप्तीसहित)



काठमाडौं, १७ कार्तिक । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए–नेपाल) ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशबीच देखिएको विवादलाई लिएर विभिन्न समाचार माध्यमबाट भएका टिकाटिप्पणी र आलोचनाले न्यायपालिकाप्रतिको जनआस्था कमजोर हुँदै गएको उल्लेख गर्दै चिन्ता व्यक्त गरेको छ ।

आज (बुधबार) डिएलए नेपालका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मी दाहाल (रावल) ले एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश तथा न्यायाधीशहरुबाट न्यायिक विचलनमा भएको भनि विभिन्न समाचारहरुमा प्रकाशित तथा प्रशारित समाचारको सत्यतथ्यको संविधानप्रदत्त निकायबाट चाँडो छानबिन गरी दोषीउपर कारबाही गरी न्यायापालिकाको स्वच्छता कायम गरिनुपर्ने पनि बताईएको छ ।

डिएलए–नेपालले न्यायाधीशहरुलाई सबै प्रकारको मुद्दाहरुको सुनुवाई अविलम्ब गर्न पनि आह्वान गरेको छ। त्यस्तै, प्रधानन्यायाधीश र न्यायाधीशउपर भागबण्डाको र सेटिङमा प्रश्न उठ्नु दुःखद् कुरा भएको उल्लेख गर्दै त्यस्ता विषयमा संलग्न जो कोही उपर कारबाही हुनुपर्ने पनि डिएलए–नेपालको माग छ।



प्रतिक्रिया दिनुहोस्