Logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा



सल्यान, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सल्यानमा एक नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेशको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सुरुवात गरेको हो ।

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्