Logo

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त अध्यक्ष डा.पाठकले लिए शपथ



काठमाडौं, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि बैंक सञ्चालक समितिको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्