Logo

महालक्ष्मीको मोबाइल बैंकिङ अत्याधुनिक सेवामा स्तरोन्नती



काठमाडौं, १७ कात्तिक । हाल सञ्चालनमा रहेको महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक सेवामा स्तरोन्नती गर्दै उक्त सेवाको शुमारम्भ गरेको छ ।

यस बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवम् समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गरिएको हो । यसबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने बैंकले दावी गरेको छ ।

सेवाको सुरुवातसँगै ग्राहकले बैंकको मोबाइल बैंकिङ सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्ने बताइएको छ ।
यस सेवा अन्तर्गत बैंकमा खाता नै नभएकाहरुले पनि बैंकिङ कारोबार गर्न सक्ने बताइएको छ ।

यस सेवामा रहेको ई क्यास सुविधाअन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाइएको छ । यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्