Logo

बिगमार्टमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने



काठमाडौं, १७ कात्तिक । ग्लोबल आइएमई बैंकले तिहारको तीन दिन लक्षित गरी विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकको अनुसार यो योजना बिगमार्टबाट सामान किन्दा लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहने छ ।

छुट योजनाअन्तर्गत ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट पाउनेछन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको दावी गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८३ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्