Logo

पूर्वमन्त्री पाण्डेको टिप्पणी : न्यायपालिकाको अस्तित्व संकटमा परेको छ !



काठमाडौं, १७ कार्तिक । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले न्यायपालिकाको अस्तित्व संकटमा परेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । संसद्को अधिवेशन ५१ दिन चल्दापनि देशले भोगेको संकट र जनतामा व्याप्त निराशामा छलफल नभएको उनको गुनासो छ।

उनले लेखेका छन्–’संसदको अधिबेसन ५१ दिन चल्यो तर देशले भोगेको संकट र जनतामा ब्याप्त निराशामा छलफल पनि भएन ! न्यायपालिकाको अस्तित्व संकटमा परेको छ ! न्यायपालिकाले आम नेपालीको आस्था गुमाएको छ ! भागबण्डाको क्यान्सरले शासनको आस्था र शासकको मर्यादा सिकिस्त अबस्थामा छ ! #’



प्रतिक्रिया दिनुहोस्

Screenshot