Logo

माधव नेपालको पार्टीलाई अवैद्य भन्दै योगेशले भने–हाम्रो महाधिवेशनमा बोलाउँदैनौं



काठमाडौं, १७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले पार्टीको १०औं महाधिवेशनमा माधव नेपाल नेतृत्वको पार्टीलाई नबोलाईने स्पष्टपारेका छन् । महाधिवेशनबारे जानकारी दिन आज (बुधबार) आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताका हुन् । उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैधानिकको संज्ञा दिए ।

उनले भनेका छन्–‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्। अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागि गराइरहनु पर्दैन। अरु राजनीतिक दलहरु सहभागी हुन्छन ।’ उनले आफ्नो पार्टी पहिलो बन्ने र फेरि सत्तामा आउने पनि दाबी गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्