Logo

प्रधानमन्त्री देउवा भारत जानुभन्दा पहिले नै मोदी नेपाल आउने



काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किएलगत्तै मित्रराष्ट्र भारतको भ्रमण गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवा अहिले विश्व जलवायु सम्मेलन कोप–२६ मा सहभागी हुनको लागि बेलायतमा छन् । बेलायत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले थुप्रै देशका सरकार प्रमुखसँग भेटवार्तासमेत गरेका थिए । उक्त भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए ।

भेटमा सहभागी भ्रमण दलका एक सदस्यले दिएको जानकारीअनुसार देउवा र मोदीबीच एक अर्काले नेपाल र भारत भ्रमण गर्नेबारे छलफल गरेका थिए । उनकाअनुसार प्रधानमन्त्री देउवाले आफू बेलायत भ्रमणलगत्तै भारत आउन लागेको बताएका थिए । उता, मोदीले भने ‘तपाईँ भारत आउनुभन्दा पहिले नै म नेपाल आउन सक्छु, म छिट्टै नेपाल भ्रमणमा आउनेबारे सोच्दैछु ।’

देउवा-मोदी भेटवार्ता

मोदीलाई नेपाल भ्रमणको निम्तो

मोदीले नेपालको विकासमा भारतले सधैं टेवा पुर्याउने पनि प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफूले नेपाल र नेपालीहरुको सुख र समृद्धि चाहेको पनि बताएका थिए । त्यस्तै, भारतले नेपालको विकासमा गरेको प्रतिबद्धता र सुरु गरेका परियोजनालाई समयमै कार्यान्वयन गर्नेतर्फ पनि विश्वास दिलाएका थिए ।

नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई थप उचाईँमा पुर्याउनेगरि काम गरिने पनि उनको भनाई थियो । त्यस्तै, नेपाल र भारतबीच रहेका सबैखाले समस्याको समाधान पनि आपसी सहमति र सम्वादमार्फत नै हल गरिने मोदीले विश्वास दिलाएका छन् । मोदी आफ्नो प्रधानमन्त्रीकालमा चार पटक नेपाल भ्रमणमा आईसकेका छन् । अब आउँदा पाँच पटक हुन्छ। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot